अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

१५ बैंक ह्याकिङको चेतावनी : के भन्छ राष्ट्रबैंक

१५ बैंक ह्याकिङको चेतावनी : के भन्छ राष्ट्रबैंक

नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ। बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ। बुधबार साँझ इमेल आएतापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए।

उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो।“मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो नेपाल राष्ट्र बैंकको र बैंकहरूको सिस्टम चेक ग¥यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन”, उनले भने, “यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ।”

घोडाघोडी ताल क्षेत्रमा चोरी, सिकारीको अनुगमन कार्य सुरु
श्रावण ७, १३:०५
थारु समुदायको पहिलो पर्व हरेक वर्ष जस्तै यस वर्ष पनि धनगढीमा गुरही पर्व भब्यताका साथ मनाईने
श्रावण ७, १३:०५