अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै

१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै

कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।

एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ जाने जानकारी दिए।

उनले खोप लिएर जहाज भोलि बिहान नेपाल आइपुग्ने बताए।

लगत्तै अर्को १० लाख डोज खोप लिन भोलि साँझ नै जहाज बेइजिङ जाने पौडेलले जनाए।

त्यसपछि पनि जहाज शनिबार फेरि अर्को १० लाख डोज खोप लिन बेइजिङ जाने तालिका छ।

सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।

सरकारले चीनबाट ल्याएका खोप अहिले नागरिकलाई लगाइरहेको छ। अब आउने खोप भने कसलाई लगाउनेबारे टुंगो भने भइसकेको छैन।

यद्यपि सरकारले अब कम उमेर समूहमा खोप लगाउँदै जाने जनाएको छ।

साउन ३१ बाट ‘होम सेन्टर’मै कक्षा १२ को परीक्षा
श्रावण ६, १६:३१
आर्थिक अपारदर्शी भएको भन्दै घोडाघोडी नगरकार्यपालिकाको बैठक ९ जना वडा अध्यक्ष बाट बहिस्कार
श्रावण ६, १६:३१