अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

चरा अभयारण्य क्षेत्र घोडाघोडी तालमा बढ्दै प्रजातीका दुर्लभ चरा

चरा अभयारण्य क्षेत्र घोडाघोडी तालमा बढ्दै प्रजातीका  दुर्लभ चरा

कैलालीको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा दुर्लभ चराको संख्या बढ्न थालेको छ । संरक्षणप्रति समुदायको लगाव बढ्दै गएपछि दुर्लभ चराको संख्या पनि बढ्न थालेको हो । सो चरा अभयारण्य क्षेत्रमा विश्वमै दुर्लभ राजलाहाँचे चराको सङ्ख्यामा पनि बढोत्तरी भएको छ ।विश्वमा तीव्र रुपमा सङ्ख्या घटिरहेको यो चरा प्रजाति घोडाघोडी चरा अभयारण्य क्षेत्रमा भने केही बढेको पाइएको हो । सन २०१४ मा पहिलो चोटी तत्कालीन घोडाघोडी सिमसार क्षेत्रमा जम्मा एक जोडी राजलाहाँचे देखा परेका थिए ।

हाल सङ्ख्या बढेर १२ वटा पुगेको यस क्षेत्रमा चराको अनुगमन गर्दै आएका नेपाल पंक्षी संरक्षण सङ्घ (बीसीएन) का चरा विशेषज्ञ हिरुलाल डङ्गौराले बताए ।‘सुरुमा चराविद दयाराम चौधरी र मैले नै घोडाघोडी सिमसार क्षेत्रमा राजलाहाँचे अभिलेख गरेका थियौं’, उनले बताए । ‘पछिल्लो गणनाको क्रममा १२ वटा राजलाहाँचे पुगेका छन् ।’ आधा दशकभन्दा बढी समयमा जम्मा १० वटा राजलाहाँचे बढेको देखिएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति सरक्षण सङ्घ (आइयुसीएन) ले संवेदनशील सूचीमा राखेको यो चरा घोडाघोडी चरा अभयारण्य क्षेत्रको सीताकुण्ड सामुदायिक वन, माघी, लट्ठहुवा सामुदायिक वन, घोडाघोडी ताल क्षेत्र, रामपुर क्षेत्रमा देखा पर्दछन् । यसैगरी, चुरे भावर क्षेत्रमा पनि यी चराहरु पुग्ने गरेको जनाइएको छ ।सालका अग्ला–अग्ला रुखमा बस्ने यो चराहरु सालका वन भएका क्षेत्रमा बढी देखा पर्ने गरेको जनाइएको छ ।

राजलाहाँचेले प्रायः एकै रुखमा धेरैले सामूहिक रुपमा गुँड लगाउने र बच्चा कोरल्ने गरेको डङ्गौराले बताए । सामूहिक रुपमा एकै रुखमा धेरैले बच्चा कोरल्ने गरेका कारण यी चरा प्रजातिको सिकार हुने सम्भावना बढी रहने गरेको जनाइएको छ ।घोडाघोडी चरा अभयारण्य क्षेत्रमा पनि चोरी सिकार हुने कार्य पूर्ण रुपमा नरोकिएको बताइएको छ ।

लोपउन्मुख जाती राजी समुदायलाई कृषि मन्त्रालयद्वारा भजनीमा नमुना वस्ती हस्तान्त्रण
श्रावण ९, ०८:१२
घोडाघोडी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीहरुद्धारा शपथ ग्रहण
श्रावण ९, ०८:१२