अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धान खेतीमा रोगव्याधि नलागोस् भनि थारु गाउँमा हरेरी पूजा गरिदै

धान खेतीमा रोगव्याधि नलागोस् भनि थारु गाउँमा हरेरी पूजा गरिदै

धान खेती नै मुख्य अन्नबाली रहेकोले हुनाले किसानहरु उब्जनी बढाउन परम्परागत देखि आधुनिक प्रविधिको प्रयोग गर्ने गरको हुन्छन् । उनीहरु सिचाई, मल व्यवस्थापनसँगै रोग किरा, प्राकृतिक प्रकोपबाट बालीलाई जोगाउन परम्परागत देखि आधुनिक प्रविधि गर्ने गरेता पनि थारु गाउँमा धान बालीको सुधार गर्न हरेरी पुजा महत्वपुर्ण रहेको मान्ने गरेका छन् ।थारु समुदायमा धान खेतीको रोपाई सकेको धान खेती सप्रियोस भनेर हरेरी पुजा गर्नु पर्ने परम्परागत प्रचलन अहिले पनि कायमै रहेको छ ।

हरेरी पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पुजा गर्ने गर्छन् ।हरेरी पुजा असार देखि भदौ महिनामा यसरी नै थारु गाउँमा बर्षेनी सामुहिक रुपमा हुने गर्दछ । विशेषगरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमको खेतीमा रोग नलाग्ने जनविश्वास सहित सामुहिक रुपमा पुजा गर्ने गरेको लक्कडका बर्का गुरुवा राम प्रसाद थारुले बताउनु भयो ।हरेरी पुजा गरेर धानमा लाग्ने गुभिया, गाँधी, फट्यांग्रा लगायतका किरा धपाउन सो पुजा गर्ने गरेका छन् ।

प्रत्येक गाउँमा आफ्नै अनुकुलमा सो पुजा गर्ने गरेका हुन्छन् । हरेरी पुजामा सात मुखे दियालोमा बत्ति बालेर मुरहा, सुच्चा, पाँच पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ ।कुनै कुनै गाउमा थारु किसान रातभरी जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलन रहेको छ । हरेरी पुजाको दिन थारु समुदायमा हरियो घासपात काटे अशुभ मानिने भएकोले यो दिन केहि कार्य नगर्ने चलन रहेको गिधिनिया गाउँको बड्घर जय राम चौधरीले बताउनु भयो ।

यसरी दिउँसो पुजा शुरु गरेको रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन् । यसरी पुजा गर्न प्रयोग गरेको दुधलाई भोलिपल्ट खिरभन बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन् । यसरी पुजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ । किवदन्ती अनुसार प्राचीनकालमा महादेव र पार्वतीको कथन सँगै टुनामन्तर गरेर खेतीपातीको रोग किरा हटाएको विश्वास थारु समाजमा छ र त्यही अनुसार यो पूजा थारु किसानले गर्दै आएको बर्का गुरुवा चौधरीले बताउनु भयो ।

मङ्कीपक्स प्रकोप ः विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, ७५ देशमा १६ हजारभन्दा धेरै सङ्क्रमित
श्रावण ८, ०८:०२
थारु राष्ट्रिय मुक्ति मोर्चाको कैलाली जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न
श्रावण ८, ०८:०२