कैलालीको गौरीगंगा नगरपालीकाले निकालेको बजेट चित्त बुझ्दो नरहेको भन्दै बिरोध

कैलालीको गौरीगंगा नगरपालीकाले निकालेको बजेट चित्त बुझ्दो नरहेको भन्दै बिरोध जनाइएको छ । २०७८÷७९ का लागि छुट्याइएको बजेट चित्त बुझ्दो नरहेको भन्दै नगरपालीकाका वडा अध्यक्ष तथा कार्यपालीका सदस्यहरुले प्रेस बिज्ञप्ती निकालेका छन् ।
बजेट निकाल्दा आफुहरुलाई छलफल नै नगरि निकालेको भन्दै प्रेस बिज्ञप्ती निकालेको गौरीगंगा नगरपालीका वडा नम्वर २ का वडा अध्यक्ष जनक साउँदले बताए । उनले नगरपालीकाले एकलौटी ढङ्गले आफुखुशी बजेट निकालेको आरोप लगाए ।
छुट्याइएको बजेट शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई प्राथमितकतामा नराखेको उनको भनाई छ ।