अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि पेट्रोलको मुल्य १२५ कायम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि  पेट्रोलको मुल्य १२५ कायम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुने गरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको भनाइ छ । निषेधाज्ञामा सवारी साधन कम चलेको बेलामा समेत अबको १५ दिनमा निगमलाई कम्तीमा ५९ करोड २८ लाख घाटाको प्रक्षेपण गरिएको उपाध्यायले बताए ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० को कार्यालयमा तालाबन्दी
जेष्ठ २३, ०८:०४
कैलालीको घोडाघोडीमा ओली र महतोको पुत्ला दहन
जेष्ठ २३, ०८:०४