कैलालीको बर्दगोरियामा सालको गोलिया सहित ३ जना पक्राउ

कैलालीको बर्दगोरियामा ३० थान सालको गोलिया सहित ३ जना पक्राउ परेका छन् । बर्दगोरिया ३ रानिकुन्डा को खल्ला खेत बाट अबैध रुपमा ल्याउँदै गरेको २ सय १९.९० क्युफिट गोलिया सहित स्थानीय तीन जना पक्राउ परेका हुन् ।
सब डिभिजन बन कार्यलय बर्दगोरिया र साडेपानीको सयुक्त टोलीले ७ गोरु गाडामा रहेको गोलिया बरामत गरेको सहायक बन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।
उनका अनुसार बर्दगोरिया वडा ६ का दिर्घ बि क , रमेश बि क र अर्जुन भुल पक्राउ परेका हुन् । काठ तस्करीमा संलग्न अन्य चार जना फरार रहेको चौधरीले बताए । उनीहरुको खोजि भइरहेको छ । पछिल्लो समय यहाँका सामुदायीक तथा राष्ट्रिय वनमा चोरी निकासी बढिरहेको छ ।
चोरी निकासीमा संलग्नहरु पक्राउ पर्नेहरुको संख्या बढिरहेको डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजालले जानकारी दिए । आज विहान पक्राउ परेका तीन जना मध्ये भूल यस अघि पनि चोरी निकासीमा संलग्न रहेका थिए ।