अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जोशीपुर गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

जोशीपुर गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको बिहीबार (आज) बसेको आठौं गाउँसभामा अध्यक्ष चित्रबहादुर चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । नीति तथा कार्यक्रमले स्वाथ्य, शिक्षा, कृषी तथा पशुपालनलाई प्राथमिकता दिएको छ । जोशीपुर गाउँपालिकाको प्रमुख आधारको रुपमा रहेको कृषी क्षेत्रको सुधारका लागि कृषीमा विविधीकरण, व्यवसायीकरण, आधुनीकीकरणमा जोड दिने कार्यक्रमलाई निरन्तरता दिने नीतिमा उल्लेख गरीएको छ ।

अण्डा, मासु र दुधमा आत्मनिर्भर हुन पशुजन्य उत्पादन प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिने नीति पनि गाउँपालिकाले लिएको छ । स्थानीय स्तरमा उद्यमी बनाउन उद्यमशिलतामा जोड दिई आवश्यक नीतिगत तथा प्रशासनीक योजना ल्याउने नीतिमा उल्लेख गरिएको छ ।गाउँपालिकाले शिक्षाको शैक्षिक गुणस्तर कायम गर्न सामुदायिक विद्यालय तथा शिक्षक लक्षित दण्ड र पुरस्कारको नीति अवलम्बन गर्ने नीतिमा उल्लेख गरिएको छ. ।

गाउँपालिकाले गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाई भैष्टाचारमूक्त, सुशासनयूक्त र सूचना मैत्री गाउँपालिका बनाईने नीति लिईएको छ । गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई जस्ता आधारभूत सेवामा सबैको समतामूलक पहँच हुनेगरी कार्यक्रम सञ्चालन गरिने, बाल अधिकार तथा महिला अधिकार संरक्षण र समाजमा रहेका विभिन्न कुरिती, कुसस्कारको अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, लैङ्गिक उत्तरदायि वजेटको अवधारणलाई कार्यान्वयन गर्ने गाउँपालिकाले नीति लिएको छ ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सभाबाट पारित पनि भएको छ ।

विश्व रामसार क्षेत्र घोडाघोडी तालको बाँध तथा पार्क निर्माणकार्य अलपत्र समयमै बाँध निर्माण सम्पन्न गर्न स्थानियको माग
असार १०, ०७:२१
कैलालीको बर्दगोरियामा सालको गोलिया सहित ३ जना पक्राउ
असार १०, ०७:२१