अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जानकी गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको ६९ करोड ३० लाख वजेट सार्वजनिक

जानकी गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको ६९ करोड ३० लाख वजेट सार्वजनिक

जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ६९ करोड ३० लाख बजेट ल्याएको छ । बुधबार भएको गाउँपालिकाको दशौं गाउँसभामा उपाध्यक्ष लालमति कठरियाले आगामी आर्थिक वर्षको निती तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त वजेट ल्याएको बताउनु भयो । गाउँपालिकाले ल्याएको वजेट अन्र्तगत चालु तर्फ ४५ करोड ८४ लाख ५ हजार ५ सय १६ रुपैया र पुँजीगत खर्च तर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैया रहेको छ ।

गाउँपालिकाले आय तर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट ३ करोड ९ लाख ५५ हजार, संघिय सामान्यीकरण अनुदानबाट १५ करोड, ८६ लाख, संघिय राजश्व बाँडफाँडबाट १३ करोड ५२ लाख ५१ हजार, संघिय सर्शत अनुदान तर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाएको छ । यस्तै संघिय समपुरक अनुदानबाट १ करोड ८० लाख, संघिय विशेष अनुदानबाट १ करोड २० लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ३० लाख ९९ हजार, प्रदेश समपुरक अनुदानबाट ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ ।

गाउँपालिकाले व्यय तर्फ आर्थिक विकास तर्फ ४ करोड ३५ लाख २२ हजार १० रुपैया, सामाजिक विकास तर्फ २५ करोड २३ लाख १७ हजार ९ सय ९९ रुपैया, पुर्वाधार विकास क्षेत्र तर्फ १९ करोड ५८ लाख ११ हजार ५ सय ७५ रुपैया विनियोजन गरेको छ । यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७२ लाख ९९ हजार ९ सय ९९ रुपैया, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड ५८ लाख ३४ हजार ९ सय ९० रुपैया र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १८ करोड ०१ लाख ७८ हजार ४ सय २४ रुपैया विनियोजन गरेको छ ।

कैलालीमा सेप्टीट्याङ्कीमा डुबेर बालिकाको मृत्यु
असार ९, ०८:२१
विश्व रामसार क्षेत्र घोडाघोडी तालको बाँध तथा पार्क निर्माणकार्य अलपत्र समयमै बाँध निर्माण सम्पन्न गर्न स्थानियको माग
असार ९, ०८:२१