अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढीः हामी बनाउँछौं’ भन्ने अभियानलाई महाअभियानका रुपमा मनाउने भएको छ । कार्यकालको प्रारम्भमै ‘हाम्रो धनगढीः हामी बनाउँछौं’ भन्ने अभियान शुरु गरेका नगर प्रमुख गोपाल हमालले कार्यकाललाई महाभियानका रुपमा मनाउने भनी मंगलबार प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

‘नगरको एकीकृत, सन्तुलित, दिगो र योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पञ्चवर्षीय आवधिक योजना (२०७९÷०८०–२०८३÷०८४) तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे । ‘अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित वस्ती विकासलाई प्राथमिकता राखी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगर प्रमुख हमालले आर्थिक वर्ष २०७८÷७९ मा प्रस्तुत नीति तथा कार्यक्रमका क्षेत्रलाई प्राथमिकता राखेर प्रस्तुत गरे । ‘जनस्वास्थ्य, सरसफाई तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण, तथा व्यवसायीकरण, गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, आर्थिक विकास तथा राजश्व परिचालन, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम, स्वरोजगार र सहकारिताको विकास, प्रशासनिक पुनर्सरचना तथा संस्थागत सुशासन, भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवद्र्धन र विकास, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दीगो प्रयोगलाई प्राथमिकतामा क्षेत्र रहने छन’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘उपमहानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ –‘सार्वजनिक जग्गाहरूमा शौचालय, हरियालीसहितका क्याफ्टेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, योगपार्क, ध्यान केन्द्र तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु र खुल्ला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने छ ।

’ उपमहानगरपालिकाले रणनैतिक महत्वका परियोजनासहितका प्राथमिकता प्राप्त क्षेत्रको स्रोतको सुनिश्चितताका लागि ‘पुँजी लगानी योजना’ तयार गरि ‘परियोजना बैंक’मार्फत योजना तर्जुमा प्रक्रिया अघि बढाउने नीति लिएको छ ।

भूमि आयोगको टोली र गाउँपालिका विच छलफल
असार ७, १९:१४
कैलालीमा सेप्टीट्याङ्कीमा डुबेर बालिकाको मृत्यु
असार ७, १९:१४