अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य डिजेल लिटरमै १९ रुपैयाँ वृद्धि

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य डिजेल लिटरमै १९ रुपैयाँ वृद्धि

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले बिहिबार (जून १६)मा पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

‘नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा छ,’ उनले भने, ‘जून १ को मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ । हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भए पनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको छ ।’

गर्मी बढेको भन्दै कैलालीको घोडाघोडीमा फेरि दुई दिन गर्मी विदा
असार २, १८:४६
कैलालीको घोडाघोडीमा निर्माण सम्पन्न भएका योजनाहरुको उप–प्रमुखद्वारा योजनाहरूको अनुगमन
असार २, १८:४६