अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

निषेधाज्ञाको अवज्ञा गर्दै कैलालीमा किस्ता उठाउने लघुवित्तका कर्मचारी माओवादी नियन्त्रणमा

निषेधाज्ञाको अवज्ञा गर्दै कैलालीमा किस्ता उठाउने लघुवित्तका कर्मचारी माओवादी नियन्त्रणमा

कोरोना महामारीका कारण विगत एक महिनादेखि जारी निषेधाज्ञाका वेला प्रशासनको निर्देशनलाई अटेर गर्दै गाउँ गाउँमा किस्ता र व्याज असुली गर्ने एक लघुवित्तका प्रतिनिधिलाई विप्लव नेतृत्वको माओवादीद्वारा नियन्त्रणमा लिइएको छ ।
प्राप्त खबर अनुसार कैलालीको मसुरियास्थित फरवार्ड लघुवित्त वित्तीय सहकारी संस्थाका प्रतिनिधिलाई माओवादीका घोडाघोडी नगर इञ्चार्ज भरत शाहको नेतृत्वको टोलीले कब्जामा लिइ छाडेको हो ।
इञ्चार्ज शाह नेतृत्वको टोलीले उक्त संस्थाका प्रतिनिधिले समूहका महिला सदस्यहरूबाट जम्मा पारेको रकम सम्बन्धित व्यक्तिलाई नै फिर्ता गराएको छ ।
कोरोना महामारीबाट मुलुक आक्रान्त भइरहेका बेला निषेधाज्ञाको पूर्णरूपमा वेवास्ता गर्दै लघुवित्तहरूले गाउँ गाउँमा समूहको बैठक वसाल्दै किस्ता र व्याज असुली गर्न थालेपछि पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै नगर इञ्चार्ज शाहले तत्काल किस्ता उठाउने कार्य बन्द नगरे थप संघर्ष गर्ने चेतावनी दिएको कमरेड मार्सलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

कैलालीमा २१ गतेदेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी
जेष्ठ १७, २०:३२
बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु
जेष्ठ १७, २०:३२