अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

लमजुङको भुलभुलेमा गएको भुकम्पमा ५ घाइते १० घरमा क्षति

लमजुङको भुलभुलेमा गएको भुकम्पमा ५ घाइते १० घरमा क्षति

लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ५ जना घाइते भएका छन् ।

भूकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उनले बताएका छन ।


बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि
जेष्ठ ५, १४:५६
देशभर ८१७३ नयाँ संक्रमित थपिए, ७९८९ जना संक्रमणमुक्त, २४६ जनाको मृत्यु
जेष्ठ ५, १४:५६