अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडी अस्पताल प्रा.लि.सुखडमा बिरामीको चाप बढयो ।

कैलालीको घोडाघोडी अस्पताल प्रा.लि.सुखडमा बिरामीको चाप बढेको छ । महामारीको रुपमा फौलिरहेको कोभिड १९ को दोश्रो लहरको त्रासका बिच अस्पतालले आफना नियमित सेवा जारी राखेको अस्पतालका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले जानकारी दिए ।

निजी क्षेत्रबाट सञ्चालीत अस्पताले कोरोना महामारीका बिच जिल्लाको मध्य क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिईरहेको जनाएको छ ।सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा पनी कोरोना भाईरस नियन्त्रण र उपचार गर्ने ब्यबस्था गरेपनी आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध नगराएको अस्पतालका प्रबन्ध र्निदेशक डा.महोमद अनसेकले बताए ।

स्थानिय तह पनी महामारी नियन्त्रणमा उदासिन बनेको उनको आरोप रहेको छ । घोडाघोडी अस्पतालमा बिरामीको चाप बढेपछी बेडको अभाब भएको छ । बिरामीलाई भुईमै राखेर उपचार गनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

घोडाघोडी नगरपालिकाले स्वास्थ्य चौकीमा कोभिड अस्पताल सञ्चालनमा ल्याइने
बैशाख २७, १७:३३
कैलालीमा जारी निषेधाज्ञा एक साता थप्न सिफारीस साताको ३ दिन निर्धारित पसल खुल्ने
बैशाख २७, १७:३३