अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले सरकारी अस्पतालमै पाएनन् अक्सिजन

पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले सरकारी अस्पतालमै पाएनन् अक्सिजन

कोरोना संक्रमण भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी र उनकी पत्नीले सरकारी अस्पतालमा अक्सिजन नपाएको गुनासो गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नी धर्मपत्नीको स्वास्थ्य अवस्था जटिल भएपछि अक्सिजनका लागि मेडिकल सुपरीटेण्डेट र व्यवस्थापन समितिसंग गुहार मागे । तर अस्पतालमा अक्सिजन उपलब्ध हुन सकेन । सबैतिर अक्सिजनको खोजी गरेपछि एक निजी अस्पतालमा एक थान सिलिण्डर भेटियो । त्यही सिलिण्डर ल्याएर पूर्व स्वास्थ्यमन्त्री चौधरीकी पत्नीलाई अक्सिजन दिइयो ।

पूर्व स्वास्थ्यमन्त्री चौधरी र उनकी पत्नीको यतिबेला सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार भईरहेको छ । पूर्व स्वास्थ्यमन्त्री चौधरीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भईसकेको र पत्नीको अवस्था अझै सुधार हुन नसकेको बताए ।

कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म लम्बियो
बैशाख १९, १५:१२
सेती अस्पतालमा गरिएको परीक्षणमा थप १२४ जनामा कोरोना पुस्टि
बैशाख १९, १५:१२