अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीका किसानलाई धानको बिउ राख्न चटारो

कैलालीका किसानलाई धानको बिउ राख्न चटारो

कैलालीका कृषकहरूलाई धानको(बिउ)ब्याड राख्ने चटारो सुरु भएको छ । बर्खा सिजन सुरु भएकाले अहिले कृषकहरूलाई धानको(बिउ) ब्याड राख्ने चटारो सुरु भएको हो । कति पयले किसानले आकाशे पानी, नहरको पानी र नहर नलाग्ने ठाउँमा स्थानीयले आफ्नै बोरिङबाट पानी लगाएर धानको ब्याड राख्ने काम गरी रहेका छन् । जेठ महिनाको पहिलो साता भित्रमा कति पय किसानहरू धानको(बिउ)ब्याड राखी सकेका छन् भने कतिपय राख्ने तयारी गर्दे गरेको घोडाघोडीका–५ का किसान केशव बोहराले बताए । बोरिङको पानी बाट धानको(बिउ)ब्याड आफूले केही दिन अगाडी मात्र राखेको उनले बताए । खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो वर्ष भने केही दिन देखी वर्षाले साथ दिएको छ । कतिखेर पानी पर्ला र धानको  ब्याड राख्न पाइएला भनेर प्रतीक्षामा बसेका कृषकहरूले वर्षा भए देखी धमाधम धानको (बिउ)ब्याड राख्न सुरु गरेका छन् ।

नहर र बोरिङको भूमिगत पानी प्रयोग गरेर धानको (बिउ)ब्याड राख्नु पर्ने बाध्यता किसानहरूको रहेको छ । कति पय भने वर्षाको पानीले नै धानको बीउ राख्ने गरेको उनीहरू बताउँछन् । जेठको पहिलो साता धानको बीउ राखेका किसानहरू असार महिना देखी रोपाइमा व्यस्त हुने गर्दछन् । यता कृषि ज्ञान केन्द्र कैलालीले भने सिफारिस गरिएका धानका जातहरू मात्र लगाउन आग्रह गरेको छ ।

सरकारले विभिन्न जातहरू धानका बीउहरू सिफारिस गरेको हुँदा पालिकाको कृषि शाखा सँग परामर्श लिएर मात्र धानको बीउहरू राख्न कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताए । ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर (बिउ)ब्याड राख्ने,रोपाइँ गर्छन् भने कतिपयले आधुनिक कृषि यन्त्रको पनि प्रयोग पनि गर्ने गरेका छन् । 

कञ्चनपुर गुलरियामा एक महिला माथि बोक्सीको आरोपमा निर्घात कुटपिट
जेष्ठ १०, १६:०१
घोडाघोडी नगरपालिकाका १ देखी १२ वडाका निर्वाचित जनप्रतिनिधीहरुले बुधवार गरे पदभार ग्रहण
जेष्ठ १०, १६:०१