अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कञ्चनपुर गुलरियामा एक महिला माथि बोक्सीको आरोपमा निर्घात कुटपिट

कञ्चनपुर गुलरियामा एक महिला माथि बोक्सीको आरोपमा निर्घात कुटपिट

कञ्चनपुरको कृष्णपुर–४ साहारानगर एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । (कमला बिक) नाम परिवर्तन महिलालाई आफ्नै देवर गणेश बिकले निर्घात कुटपटि गरेका हुन् ।महिलाको कुटपिटबाट टाउको र शरिरमा चोटपटक लागेको छ । उनको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

एकल महिला समेत रहेकी बिकलाई माईती देउताको बोक्सी लगाएको भन्दै बिगतका बर्षदेखीनै आफु कुटपिटमा परेको उनको भनाई छ ।‘घरमा काम गर्दै थिए’ देवर गाली गर्दै थिए एक्कासी बासको भाडले आक्रमण गरेका बिकले बताईन् । आक्रमण पछि आफु बेहोस भएको उनको भनाई छ । पिडित महिलाका दुई छोरी एक छोरा रहेका छन् ।

बोक्सी लगाएको भन्दै उनका देवर गणेशले आफ्नो कुनै प्रगति तथा परिवारिक स्वास्थ्य स्थिती राम्रो नभएको भन्दै कुटपिट झगडा गर्दै आएको पिडित महिलाको आरोप छ । देवर गणेश बिक, देउरानी खगेश्वरी बिक र डिक्रा बिक, सन्तली बिकले सधै देवी देवता लगाएकोले बोक्सी भन्दै यातना दिएको महिला बिकको आरोप छ ।

शुक्रबार ठाडो उजुरीका आधारमा गणेश बिकलाई ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

कैलारीका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण
जेष्ठ ७, १८:५७
कैलालीका किसानलाई धानको बिउ राख्न चटारो
जेष्ठ ७, १८:५७