अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलारीका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण

कैलारीका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण

कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गरेका छन् । अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवती चौधरीले पदभार ग्रहण गरेका हुन् ।वडा अध्यक्षहरुले भने आफ्नो वडामा समय मिलाएर पदभार ग्रहण गर्ने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए ।

पदभार ग्रहण गर्नुभन्दा अगाडि गाउँपालिकाका अध्यक्ष चौधरीले उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । यसैगरी, निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले विजयी भएको प्रमाणपत्र वितरण गरेका थिए ।कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) लाई ‘क्लीन स्वीप’ गर्दै नेपाली काङ्ग्रेस विजयी भएको छ ।

१ देखि ९ सम्मको वडा अध्यक्षहरुमा क्रमशः ध्वज हरिपाल बोहरा, विकास चौधरी, सन्तराम चौधरी, ठगुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी, दीपेन्द्र बम, तारामल कठरिया र खेमराज चौधरी निर्वाचित भएका छन् ।

जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी
जेष्ठ ७, ०८:०९
कञ्चनपुर गुलरियामा एक महिला माथि बोक्सीको आरोपमा निर्घात कुटपिट
जेष्ठ ७, ०८:०९