अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी

जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी

नवगठित नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा विजय प्राप्त गरेको छ । उसको यो चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी हुनुभएको छ । चौधरी काँग्रेस माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतौलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ ।

महत्तौले पाँच हजार २४२ मत पाउनु भएको छ । यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी हुनुभएको छ । कठरियाले छ हजार ५६२ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एमालेका अध्यक्षका उम्मेदवार टेकबहादुर बमले चार हजार २४६ मत पाउनु भएको छ भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश दहितले चार हजार ५४८ मत पाउनु भएको छ ।जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले पाँच वडा, नेकपा एमालेले चार वडा जितेको छ । गठबन्धनमा दलहरु नेपाली काँग्रेसले छ वडा सदस्य मात्र जितेको छ ।

गौरीगङ्गाको प्रमुखमा माओवादीका कँडेल र उपप्रमुखमा काँग्रेसका बम विजयी
जेष्ठ ७, ०८:०६
कैलारीका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण
जेष्ठ ७, ०८:०६