अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

गौरीगङ्गाको प्रमुखमा माओवादीका कँडेल र उपप्रमुखमा काँग्रेसका बम विजयी

गौरीगङ्गाको प्रमुखमा माओवादीका कँडेल र उपप्रमुखमा काँग्रेसका बम विजयी

कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा माओवादी केन्द्रका देवीदत्त कँडेल र उप प्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बम विजयी भएका हुन् ।शुक्रवार सम्पन्न मतगणना अनुसार १३ हजार ७ सय ९५ मत प्राप्त गर्दै कँडेल प्रमुखमा विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् । ७ हजार १ सय ६३ मतान्तरले कँडेल विजयी भएका छन् ।उपप्रमुखमा नेपाली काँग्रेसका भोज बहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी भए ।

उपप्रमुखमा एमालेका शान्ति देवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए । ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी भएका छन् । २६ हजार ९ सय ८५ मत खसेको गौरीगङ्गामा २६ हजार ३०३ मत सदर हुँदा ६ सय ८२ मत बदर भएका थिए ।

कैलालीको लम्कीचुहामा काँग्रेसकी शुशिला शाही मेयर र जुना चौधरी उपमेयर विजयी
जेष्ठ ७, ०८:०४
जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी
जेष्ठ ७, ०८:०४