अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको लम्कीचुहामा काँग्रेसकी शुशिला शाही मेयर र जुना चौधरी उपमेयर विजयी

कैलालीको लम्कीचुहामा काँग्रेसकी शुशिला शाही मेयर र जुना चौधरी उपमेयर विजयी

कैलालीको लम्कीचुँहा नगरपालिकाको मेयर र उपमेयरमा महिला छानिएका छन् । काँग्रेसकी शुशिला शाही मेयर र जुना चौधरी उपमेयर विजयी भएका हुन ।मेयर शाही नेपाली काँग्रसबाट र उपमेयर चौधरी एमालेबाट उम्मेदवार भएकी थिइन ।मेयर शाहीले १२ हजार ७१३ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन्।

वजगाई निवर्तमान मेयर हुन ।नेतृ शाही यसपटकको चुनावबाट महिला मेयरका रुपमा दोस्रो मेयर समेत भएकी छन् । यसअघि अछामको पञ्चदेवल विनायकबाट काँग्रेसकै अम्विका चलाउने पनि मेयर छानिएकी छन् ।यस्तै लम्कीचुँहा नगरपालिकाको उपप्रमुखमा चौधरीले ११ हजार ७८ र उनकी प्रतिस्पर्धी माओवादीकी जानकीकुमारी शाहीले आठ हजार ३०८ मत ल्याएकी छन्।

धान खेति प्रबिधि तथा बीउ उपचार सम्बन्धि १दिने तालिम घोडाघोडीमा सम्पन्न
जेष्ठ ७, ०८:०१
गौरीगङ्गाको प्रमुखमा माओवादीका कँडेल र उपप्रमुखमा काँग्रेसका बम विजयी
जेष्ठ ७, ०८:०१