अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा कुन पार्टी बाट वडाध्यक्षमा कुन व्यक्ति निर्वाचित

घोडाघोडीमा कुन पार्टी बाट वडाध्यक्षमा कुन व्यक्ति निर्वाचित

कैलालीको घोडाघोडी नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा एकीकृत समाजवादी र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवार विजय भएका छन् । नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका खडक रावतले १३ हजार १ सय २८ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ममता प्रसाद चौधरीले ८ हजार २ सय ४१ मत प्राप्त गरेका थिए । चौधरीलाई रावतले ४ हजार ८ सय ८७ मतान्तरले फरक पारेका छन् ।नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार गुलिया कुमारी चौधरीले १२ हजार २ सय ७० मत प्राप्त गरी निर्वाचित भएकी छन् ।

चौधरीले ५ हजार ३ सय ७ मतान्तरमा विजयी भएकी हुन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार करुणा बम वटालाले ६ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए ।घोडाघोडी नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका धनश्याम ओझाले १ हजार १ सय ३८ मत ल्याएर वडा अध्यक्षमा विजय भएका छन् । ओझा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तिलक राम सापकोटाले ९ सय ७१ मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा नेकपा एमालेका लक्ष्मी प्रसाद चौधरीले १ हजार २७ मत मत ल्याएर विजय भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रण बहादुर भण्डाराले ७ सय ८ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ३ मा नेपाली काँग्रेसका कृष्ण प्रसाद गौतमले ७ सय ५ मत ल्याएर विजय भएका छन् । गौतमका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का कमल थारुले ६ सय ४१ मत प्राप्त गरेका छन् ।वडा नम्बर ४ मा नेपाली काँग्रेसका भरत बहादुर शाहीले १ हजार १ सय २ मत ल्याएर विजय भएका छन् । शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का टेक बहादुर बुढाले १ हजार १२ मत प्राप्त गरेका छन् । वडा नम्बर ५ मा नेपाली काँग्रेसका लोकेन्द्र बहादुर चन्दले ६ सय ८ मत ल्याएर विजय भएका छन् ।

चन्दका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका भरत बहादुर चौधरीले ५ सय ८६ मत प्राप्त गरेका छन् ।वडा नम्बर ६ मा माओवादी केन्द्रका धन बहादुर चौधरीले ७ सय ३९ मत ल्याएर विजय भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रती कामीले ६ सय ५६ मत प्राप्त गरेका छन् । वडा नम्बर ७ मा नेपाली काँग्रेसका जुगराम चौधरीले ६ सय ८० मत ल्याएर विजय भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कन्हैया लाल डगौराले ५ सय ७६ मत प्राप्त गरेका छन् । वडा नम्बर ८ मा नेपाली काँग्रेसका वीर बहादुर साउदले १ हजार १ सय १८ मत ल्याएर विजय भएका छन् ।

साउँदका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)खगेन्द्र कुमार ठकुल्लाले ८ सय २५ मत प्राप्त गरेका छन् । वडा नम्बर ९ मा नेपाली काँग्रेसका हरिस चन्द्र शाहले १ हजार १ सय १९ मत ल्याएर विजय भएका छन् । शाहका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कृष्ण बहादुर शाहले ८ सय ६ मत प्राप्त गरेका छन् । वडा नम्बर १० मा नेपाली काँग्रेसका विजय राज स्वारले ९ सय ९ मत ल्याएर विजय भएका छन् । स्वारका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का राम प्रसाद भण्डारीले ४ सय ३१ मत प्राप्त गरेका छन् ।वडा नम्बर ११ मा जनता समाजवादीका दान सिंह जोगीले ६ सय ७२ मत ल्याएर विजय भएका छन् ।

जोगीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राज कुमार .थारुले ६ सय ६९ मत प्राप्त गरेका छन् । र वडा नम्बर १२ मा नेपाली काँग्रेसका रामदुलारे चौधरीले ८ सय २६ मत ल्याएर वडा अध्यक्षमा विजय भएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का खडक बहादुर चौधरी(उमार)ले ३ सय ५१ मत प्राप्त गरेका छन् ।जम्मा १२ वटा वडा रहेको घोडाघोडी नगरपालिकामा नेकपा एमालेले २०७४ सालको निर्वाचनमा नगरप्रमुख उपप्रमुख सहित ६ वटा वडा जितेका थियो भने अहिले १ वटा वडामा मात्र जित हात पारेको छ । यस निर्वाचनमा काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन भएको थियो भने वडा नम्बर ६ बाहेक अन्य वडामा मित्रवत् प्रतिस्पर्धा रहेको थियो ।

धनगढीमा हमाल र वडबीच ८ हजार मतको अन्तर
जेष्ठ ६, ०८:०४
कैलालीको जानकीमा नागरिक उन्मुक्तीका उमेदवार गणेश चौधरी अध्यक्षमा निर्वाचित ।
जेष्ठ ६, ०८:०४