धनगढीमा हमाल र वडबीच ८ हजार मतको अन्तर

कैलालीको धनगढी उपमहानगरपालिकामा ३५ हजार ८९४मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३५ हजार ८९४मतगणना भएको हो। साझ ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार ४१५ मत पाएका छन्।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार १२३र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ७७४ मत पाएका छन्। हमाल र वडबीच ८ हजार २९२ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४५७ मतका साथ लिड गरिरहेकी छिन्।
एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन्। १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।