अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको जोशीपुरमा काँग्रेसको किल्ला तोडेर रेशमको पाटी विजयी

कैलालीको जोशीपुरमा काँग्रेसको किल्ला तोडेर रेशमको पाटी विजयी

कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले चा हजार ९०३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका बन्सराम बडायक थारुले तीन हजार ३६८ मत प्राप्त गरेका छन् । चौधरी र थारुको मतान्तर एक हजार ५ ३५ छ ।

गाउँपालिकाको उपाध्यक्षमा पनि नउन्मुक्ती पार्टीकै रेखादेवी कठरिया चार हजार ५ ८९ पाएर विजयी भइन । । उनक निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीले तीन हजा ९६१ मत प्राप्त गरेका छन् ।

जोशीपुरमा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार जितेका थिए ।

जोशीपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेदवार भीमबहादुर वमले तीन हजार १ ८९ र एमालेका उम्मेदवार केशरबहादुर डगौरा एक हजार २९६ मत प्राप्त गरेका छन् ।

टीकापुरको मेयरमा नागरिक उन्मुक्तीका उम्मेदवार र उपमेयरमा माओवादी विजयी
जेष्ठ ५, ११:१४
कैलारीमे नेपाली काँग्रेस विजयी, माओवादी क्लीन स्वीप
जेष्ठ ५, ११:१४