घोडाघोडीमा गठबन्धनका साझा उम्मेदवार रावत फराकिलो मत अन्तरले विजयी

कैलालीको घोडाघोडी नगरपालिकाको नगर प्रमुखमा गठबन्धनका साझा उम्मेदवार खडक रावत फराकिलो मतान्तरले विजयी भएका छन्।एमालेका ममता प्रसाद चौधरीलाई ४८८७ मतान्तरले पछि पार्दै रावत विजयी भएका हुन्
रावतले १३ हजार १ सय २८ मत प्राप्त गरेका छन्। एमालेका चौधरीले ८ हजार २ सय ४१ मत प्राप्त गरे यस्तै उपाध्यक्षमा गठबंधनका तर्फबाट नेपाली कांग्रेदकी गुलिया कुमारी चौधरी विजयी भएकाी छन्। चौधरी १२ हजार २ सय ७० मतका साथ विजयी भएकी हुन्। एमालेकी करुणा बम बटाले ६ हजार ९ सय ६३ मत ल्याइन्।
यहाँ ०७४ को निर्वाचन मा एमालेबाट ममता प्रसाद चौधरी विजयी भएका थिए।।
घोडाघोडीमा जम्मा १२ वडा मध्य ९ कांग्रेस १ एमाले १ माओवादी र १ जनता समाजबादी ले जितेका छन्।