अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धनगढीमा स्वतन्त्र र गठबन्धनका उम्मेदवारबीच २३७३ मतको अन्तर

धनगढीमा स्वतन्त्र र गठबन्धनका उम्मेदवारबीच २३७३ मतको अन्तर

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ११ हजार १२९ गणना भएको छ। जसमा हमालले ४ हजार ९६४ मत पाएका छन्।


यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ५९१, नेकपा एमालेका रणबहादुर चन्दले १२१२ मत पाएका छन्। मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार २१२ मत बदर भएका छन्। हमाल र वडबीच २३७३ मतको अन्तर रहेको छ।


यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार २७३, एमालेकी कन्दकला रानाले २ हजार ९४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ३४२ मत पाएका छन्। यपमेयर पदमा खसेकामध्ये हालसम्म ४ हजार ५०४ मत बदर भएका छन्।


मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।

२८ वर्ष पछि ढल्यो एमालेको गड, अपराजित रहेको घोडाघोडी १ मा कांग्रेस विजयी
जेष्ठ २, २०:२६
जोशीपुर–३ मा नागरिक उन्मुक्तिका रेणु चौधरीको प्यानल विजयी
जेष्ठ २, २०:२६