अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

भोली हुने निर्वाचनका लागि सुदूरपश्चिमका सबै मतगणना स्थलमा सिसिटिभी जडान

भोली हुने निर्वाचनका लागि सुदूरपश्चिमका सबै मतगणना स्थलमा सिसिटिभी जडान

स्थानीय तह निर्वाचन २०७९ को मतदान वैशाख ३० गते विहान ७ बजेदेखि हुने छ। अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ। देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निर्वाचन अधिकृतका कार्यलयहरु आफ्नो तयारीमा जुटेका छन्। विषेशगरी प्रदेशका सबै पालिकामा मतगणना हुने स्थान छनोट भइसकेको छ।उक्त गणनास्थलमा सिसिटिभीको व्यवस्था मिलाइएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए। ‘जिल्लाका सबै पालिकामा हुने मतगणना स्थलमा सिसिटिभी क्यामराको व्यवस्था छ।

कतै जडान भइसक्यो। कतै हुँदैछ’ उनले भने। ९ स्थानीय तह भएको कञ्चनपुरमा पनि सबै गणना स्थलमा सिसिटिभी जडान गरिएको छ। जिल्ला सदरमुकाममा रहेको भीमदत्त नगरपालिकाको मतगणना समन्वय समितिको हलमा हुने बताइएको छ। जिल्लाका बाँकी ८ स्थानीय तहको गणना भने सम्बन्धित केन्द्रमा नै हुनेभएको छ। मतगणना हुने ती स्थानमा पनि सिसिटिभीको व्यवस्था गरिएको दाबी निर्वाचन कार्यालयको छ।

पारदर्शी रुपमा मतगणना गर्नका लागि सिसिटिभीको व्यवस्था गरिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए। उनले भने, ‘जिल्लाका ९ ओटै स्थानीय तहमा नै मतगणना पारदर्शी हुन्छ। त्यसका लागि सिसिटिभी जडान लगायत सम्पूर्ण तयारी पुरा भएको छ।’

भीमदत्त राजमार्गमा स्कारपियो दुर्घटना, ५ जना घाइते
बैशाख २९, १८:२४
मतदान गर्न गएका वृद्धको मृत्यु
बैशाख २९, १८:२४