अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

भीमदत्त राजमार्गमा स्कारपियो दुर्घटना, ५ जना घाइते

भीमदत्त राजमार्गमा स्कारपियो दुर्घटना, ५ जना घाइते

भीमदत्त राजमार्गमा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१–०२४च९१३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका– ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी– ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले बताए।

यस्तै चालक अमरगढी नगरपालिका–७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका–२२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन्।

भोली हुने मतदानका लागि कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा
बैशाख २९, १८:२१
भोली हुने निर्वाचनका लागि सुदूरपश्चिमका सबै मतगणना स्थलमा सिसिटिभी जडान
बैशाख २९, १८:२१