अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

आज पनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिइँदै

आज पनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिइँदै

निर्वाचन आयोगले आज पनि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छ ।

आयोगले हिजो पनि नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको थियो । हिजो छुटेकाहरुलाई आज मतदाता परिचय पत्र वितरण गरिने र मतदातालाई मतदान गर्ने तरिका सिकाउने आयोगले जनाएको छ ।

हिजो धेरैजसो मतदाताले मतदानपत्र अलि झन्झटिलो भएको बताएका छन् । उनीहरूलाई बुझाउने काम भइरहेको मतदान अधिकृत र कर्मचारीको दाबी छ । उनीहरुले मतपत्रमा छाप हान्ने र व्यवस्थित रूपले पट्याउने काम सिकाइरहेको बताएका छन् ।

देशभरका पालिकामा जनप्रतिनिधि छान्न भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । मतदाताले एक–एक प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्नेछ । हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ ।

सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्नेछ । कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ ।

छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ । मतदानका लगि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् । 

मौन अवधिमा चुनावी प्रचारमा प्रयोग गर्ने सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा
बैशाख २९, १०:२८
भोली हुने मतदानका लागि कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा
बैशाख २९, १०:२८