अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

गोदावरी – ६ मा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप, ११ जना घाइते

गोदावरी – ६ मा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप, ११ जना घाइते

कैलालीको गोदावरी नगरपालिका – ६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ । बुधबार राती करिब ११ बजेको समयमा दुवै पक्षका कार्यकर्ताबिच झडप हुँदा ११ जना घाइते भएका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार झडपमा ६ जना एमालेका कार्यकर्ता र ५ जना कांग्रेसका कार्यकर्ता घाइते भएका छन ।

श्रोतका अनुसार एमाले वडा नम्बर १ अध्यक्षका उम्मेदवार शर्मानन्द भट्ट सहितको टोली राती वडा नम्बर ६ मा पुगेपछि झडप भएको हो । कांग्रेसका कार्यकर्ताले राती गाउँमा किन आएको भन्दा बादविवाद भएपछि झडप भएको थियो ।

जग्गाको लालपूर्जा देखाएर पनि भोट हाल्न पाइने निर्वाचन आयोग
बैशाख २९, १०:१९
मौन अवधिमा चुनावी प्रचारमा प्रयोग गर्ने सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा
बैशाख २९, १०:१९