अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप

दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप

दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो । एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् ।

उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

कैलालीमा एक घरमा आगलागी,५ लाख बढिको समान जलेर नष्ट
बैशाख २८, ०७:५८
बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ
बैशाख २८, ०७:५८