अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा गठबन्धनका दलहरु विच सहमती,गठबन्धनकै भावना र मर्म अनुसार मित्रवत रुपमा अगाडी बढने

घोडाघोडीमा  गठबन्धनका दलहरु विच सहमती,गठबन्धनकै भावना र मर्म अनुसार मित्रवत रुपमा अगाडी बढने

बैशाख ३० हुन गै रहेको स्थानिय तह सस्दय निर्वाचनका लागि कैलालीको घोडाघोडीमा ५ दल विच भएको गठबन्धनमा धेरै मानिसहरुको बुझाई अझै पनि फरक फरक रहेको छ । त्यहि फरक बुझाईलाई चिरन गठबन्धन दलका प्रतिनिधिहरुले अन्तिम निर्णय समेत गरि प्रेस विज्ञप्ती सार्वजनिक गरेका छन । जसरी पार्टीहरु विच केन्द्रवाटै भएको सहमती अनुसार नै पालिकाको प्रमुख उपप्रमुखको उमेदवारीमा पार्टीको कार्यकर्ता नेताहरु विच मन भित्र देखि उव्जिएको आसंकाहरुलाई चिर्ण संयुक्त गठबन्धनले विज्ञप्ती मार्फत आफ्नो आधिकारी धारणा सार्वजनिक गरेको छ ।

विज्ञप्तीमा भनिएको यहि मिति २०७९ बैशाख ३० गते हुन गै रहेको स्थानिय तहको निर्वाचनमा सत्ता संचालनमा आवद्ध गठबन्धन दलको केन्द्रिय स्तरवाट भएको देश भरीका सवै स्थानिय तहमा गठबन्धन गरि स्थानिय स्थानिय तहको निर्वाचनमा साझा उमेदवारहरु बनाई अधि बढने सन्र्दभमा देशभरी गठबन्धनको जनलहर उत्साह पूर्वक ढंगले अधि बढी रहदा यस घोडाघोडी नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी विच केही प्राविधिक जटिलता देखिएकोमा गठबन्धनको भावना र मर्म अनुरुप उपलब्धिहरु हासिल गर्न कठिन परिस्थिती सिर्जना हुने भएको हुदा गठबन्धनका दलहरु विच देखिएका सवै खाले असमझदारीहरुलाई अन्त्य गर्दै सहमती र सहकार्य गर्दै अगाडी बढने सहमतनी भएको छ ।

आगमी दिनहरुमा पनि यस घोडाघोडी नगरपालिकामा वडा स्तरमा मित्रवत प्रतिस्पर्धा गर्ने नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फवाट साझा उमेदवार खडक रावतलाई पहिलो कलम चिन्हमा तथा नगर उपप्रमुखमा नेपाली काँग्रेसका तर्फवाट साझा उमेदवार गुलिया कुमारी चौधरीलाई दोस्रो रुख चिन्हमा मतदान गरि विजय गराई दिन हुन विज्ञप्ती मार्फत अपिल समेत गरको छ।

सुदुर पश्चिम प्रदेशमा पहिलो पटक प्रविधियुक्त समयसुहाउदो शिक्षा प्रदान गर्दै एलाईन्स इन्टरनेश्लन मोडल स्कुल ।
बैशाख २७, १८:५७
कैलालीमा एक घरमा आगलागी,५ लाख बढिको समान जलेर नष्ट
बैशाख २७, १८:५७