अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

गठबन्धनको खिलाफमा लाग्नेलाई साधारण सदस्य नरहने गरी कारबाही हुने ः नेका सभापति भट्टको चेतावनी

गठबन्धनको खिलाफमा लाग्नेलाई साधारण सदस्य नरहने गरी कारबाही हुने ः नेका सभापति भट्टको चेतावनी

नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टले पार्टीको निर्णय नमान्ने र गठबन्धनको खिलाफमा लाग्नेलाई साधारण सदस्य नरहने गरी कारबाही हुने बताएका छन् । शनिवार घोडाघोडी नगरपालिका वडा नम्बर ६ मा भएको चुनावी कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी समेत दिएका छन् ।सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेसका नेता कार्य कताले कहीँ कतै दुष्साहा गरेको छ भने तत्काल पत्र लखेर पठाउन सभापति भट्टले वडा,क्षेत्रीय सभापतिलाई निर्देशन दिएका छन् । कहीँ कतै दुष्साहा गरेको छ भने तत्काल कारबाही हुने उनले बताएका छन् । संस्थाले गरेका निर्णय विरुद्ध सकैलाई रहर लागे भन्दैमा जे पनि गर्न नपाइने भट्टले बताए ।पार्टीको निर्णय नमान्ने त्यो व्यक्ति कार्यकर्ता हुँदैन उनले भने,‘ पार्टीको निर्णय कसैलाई प्रिय लाग्न सक्छ । कसैलाई अप्रिय लाग्न सक्छ त्यो स्वाभाविक हो । तर अप्रिय मान् मान्छे ढोगी हो ।

’ सभापति नारायणदत्त भट्टले पार्टी प्रति प्रतिबद्ध नहुने र पार्टीले गरेको निर्णय नमान्ने त्यो व्यक्ति कार्यकर्ता हुनै सक्दैन बताए ।राजा रहन हुने भएको केपी शर्मा ओलीलाई पत्ताचिउत गर्नको लागी यो गठबन्धन भनेको भट्टले बताए । आवश्यकता अनुसार गठबन्धन भएको नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टले बताएका छन् । आज राष्ट्र राष्ट्रियता र संविधाने गठबन्धनले गर्दा बचेको उनको भनाई थियो ।

गठबन्धनका उम्मेदवारलाई विजय गराउन हुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई लाग्न उनले निर्देशन समेत दिएका छन् । गठबन्धनको पक्षमा माहौल बनेको भन्दै पार्टीका कार्यकर्तालाई प्रतिविद्धताका साथ लाग्न उनले आग्रह गरेका छन् । घोडाघोडी नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका छन् ।

निर्वाचनलाई लक्षित गरी कैलालीमा वैशाख २७ गते रातीदेखि मदिराको बिक्री वितरण तथा सेवन गर्न लगाईयो रोक
बैशाख २४, २१:०६
सुदुर पश्चिम प्रदेशमा पहिलो पटक प्रविधियुक्त समयसुहाउदो शिक्षा प्रदान गर्दै एलाईन्स इन्टरनेश्लन मोडल स्कुल ।
बैशाख २४, २१:०६