अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

निर्वाचनलाई लक्षित गरी कैलालीमा वैशाख २७ गते रातीदेखि मदिराको बिक्री वितरण तथा सेवन गर्न लगाईयो रोक

निर्वाचनलाई लक्षित गरी कैलालीमा वैशाख २७ गते रातीदेखि मदिराको बिक्री वितरण तथा सेवन गर्न लगाईयो रोक

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कैलालीमा वैशाख २७ गते रातीदेखि मदिराको बिक्री वितरण तथा सेवन गर्न रोक लगाई भएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक सूचना जारी गर्दै शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा लागि मदिराको बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको जनाएको छ ।

निर्वाचनको मौन अवधि लागू भएको वैशाख २७ गते राती १२ बजे देखी मतगणनाको अन्तिम परिणाम घोषणा नभए सम्मका लागि जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ, जारी सूचनामा भनिएको छ । साथै निर्वाचन आचार संहिता विपरीत हुने मदिराको बिक्री वितरण तथा सेवन गरेकोर गराइएको पाइएमा कडा कारबाही गरिने बताइएको छ ।

नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप
बैशाख २४, २०:४४
गठबन्धनको खिलाफमा लाग्नेलाई साधारण सदस्य नरहने गरी कारबाही हुने ः नेका सभापति भट्टको चेतावनी
बैशाख २४, २०:४४