अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप

नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।एकिकृत समाजबादीका कार्यकर्तालाई कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले संरक्षण गरेको भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न खोज्दा प्रहरीले हावाई फाईर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिए । सो झडपमा एक जना प्रहरी समेत घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कैलाली चिसापनीमा २ अर्ब ६४ करोड लगानीमा पहिलो केबलकार बन्ने, मन्त्रालयमा प्रतिवेदन पेस
बैशाख २३, २०:०९
निर्वाचनलाई लक्षित गरी कैलालीमा वैशाख २७ गते रातीदेखि मदिराको बिक्री वितरण तथा सेवन गर्न लगाईयो रोक
बैशाख २३, २०:०९