अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलाली चिसापनीमा २ अर्ब ६४ करोड लगानीमा पहिलो केबलकार बन्ने, मन्त्रालयमा प्रतिवेदन पेस

कैलाली चिसापनीमा २ अर्ब ६४ करोड लगानीमा पहिलो केबलकार बन्ने, मन्त्रालयमा प्रतिवेदन पेस

सुदूरपश्चिम प्रदेशमा पहिलो केबलकार परियोजना बन्ने भएको छ। जलपादेवी केबलकार प्रालिले कैलाली जिल्लाको लम्किचुहा नगरपालिका १३, चिसापानीमा तल्लो स्टेसन र मोहन्याल गाउँपालिका ७, राजकाँडामा माथिल्लो स्टेसन रहने गरी केवलकार बनाउन लागेको हो।कम्पनीले सुदरपश्चिम प्रदेशकै पहिलो केबलकार परियोजनाका रुपमा रहेको यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ।

माथिल्लो स्टेसनबाट २५० मिटरको दूरीमा जालपादेवी मन्दिर रहेका कारण यो भेगमा पर्यटकीय सम्भावना रहेको भनदै आयोजना अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार जालपादेवी मन्दिर, कालभैरव मन्दिर, कालिका देवी मन्दिर, कैलाशधाम तिर्थस्थल, हात्तिढुंगालगायत क्षेत्र यस आयोजनाको आसपास छन्।आयोजनाले गरेको प्रस्ताव अनुसार केबलकारको लम्बाई ३.१ किलोमिटर हुने छ। कुल ३४ वटा बक्स रहने यस केबलकारको एक बक्समा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्ने गरी प्रस्ताव गरिएको छ। केबलकारले प्रतिदिन ६ हजार मानिसलाई ओसार्न सक्ने छ। केबलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहने गरी प्रस्ताव गरिएको छ।

तल्लो स्टेशनबाट माथिल्लो स्टेसन पुग्ने अधिकतम १० मिनेट समय लाग्ने छ। केबलकारमा कुल १५ वटा टावर रहने छन्। आयोजनाले वातावरणीय प्रभाव अध्ययनका दौरान दुई पटक सार्वजनिक सुनुवाई समेत पुरा गरेर प्रतिवेदन मन्त्रालयमा बुझाएको छ। आयोजनाको निर्माण अवधि ३ वर्ष तोकिएको छ । आयोजनाका अनुसार कुल २ अर्ब ६३ करोड २२ लाख २४ हजार ५ सय रुपैयाँ लागतमा परियोजना सम्पन्न हुनेछ।केबलकारसँग तल्लो र माथिल्लो स्टेसनमा होटेलको सुविधा समेत रहने बताइएको छ।

प्रस्तावित आयोजना धनगढी विमानस्थलबाट ७२ किलोमिटरको दूरीमा रहेको छ।

२४ गतेसम्म कांग्रेस सहमतिमा नआय गठबन्धन ताेड्ने घाेडाघाेडि माओवादी काे चेतावनी
बैशाख २३, २०:०७
नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप
बैशाख २३, २०:०७