अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बर्दगोरियामा कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण ।

बर्दगोरियामा कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा धानको विउ वितरण ।

बर्दगोरियामा कृषक समुहहरुलाई अनुदानमा धानको विउ वितरण गरिएको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिकामा कृषक समुहरुलाई ५० प्रतिशतमा अनुदानको धानको विउ वितरण गरिएको छ । सोमवार पालिकाको कृषी शाखाको आयोजनामा बर्दगोरिया गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुले कृषकहरुलाई धानको विउ वितरण गर्नु भएको थियो । पालिकाको आर्थिक २०७८÷०७९ मा गाउँसभावाट स्वीकृत कार्यक्रमवाट कृषक समुहलाई कृषी क्षेत्रमा सहयोग प्रदान गर्ने उद्देश्यले विनियोजित रकमवाट उक्त धानको विउ वितरण गरिएको कृषी शाखाले जानकारी दिएको छ ।

गाउँपालिकाको ५० प्रतिशत र कृषक समुहहरुको ५० प्रतिशत लागत साझेदारीमा विउ वितरण गरिएको छ । कृषी शाखामा दर्ता भएका कृषक समुह, कृषि सहकारी, कृषि फर्महरुलाई धानको वितरण गरिएको कृषि शाखा प्रमुख झंकर बहादुर रावले जानकारी दिनु भएको छ । बर्दगोरिया गाउँपालिकाको नियमानुसार पालिकामा सुचीकृत कृषी समुह, कृषी सहकारी, कृषी फर्महरुलाई समुहले माग गरेको आधारमा विउ वितरण गरिएको बताइएको छ ।

पालिकाले धानको विउ माग गर्न आहवान गरेको सुचना अनुसार पािलका भित्र करिव २५ सय निवेदनको माग भएको बताइएको छ । जस मध्ये ३०० बोरा सुर्जु ५२ जातको मोटा धान ५२ बोरा मसिनो धान र पोषण तत्व वितरण गरएको शाखा प्रमुख रावलले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ ।विउ वितरण कार्यक्रममा बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, सामाजिक शाखा प्रमुख गोविन्द रेग्मी तथा कृषि शाखाको कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सरकारले दियो भोलि वैशाख २० गते ईदका लागि सार्वजनिक विदा
बैशाख १९, १७:२०
कैलालीमा गठबन्धने भन्यो, ’उम्मेदवारी फिर्ता नभएका यी ८ जना आधिकारिक उम्मेदवार हैनन्’
बैशाख १९, १७:२०