अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर स्थित तुल्सिपुर सामुदायिक वनमा युवा युवतीको लास फेला

घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर स्थित तुल्सिपुर सामुदायिक वनमा युवा युवतीको लास फेला

कैलालीमा दुई जना मृत फेला परेका छन्। आइतबार जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुर स्थित तुल्सिपुर सामुदायिक वनमा उनीहरु मृत अवस्थामा भेटिएका हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेका हुन्।

अमर दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका थिए। प्रहरीका अनुसार उनले अस्मितासंग दोस्रो विवाह गरेका हुन्। अमर र अस्मिता केहीदिन घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा आफ्ना आफन्तसंग बसेका थिए।तर, उनीहरु चैत २६ गते घरबाट घुम्न जाने भनेर निस्किएका थिए। त्यो दिनदेखि उनीहरु बेपत्ता भएका थिए।

खोज तलासकै क्रममा आज उनीहरु जंगलमा मृत अवस्थामा भेटिएको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारले तोकेयो गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण
बैशाख १८, १७:१३
सरकारले दियो भोलि वैशाख २० गते ईदका लागि सार्वजनिक विदा
बैशाख १८, १७:१३