अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध आज उजुरी

कैलालीको  दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध आज उजुरी

कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध आज उजुरी परेको छ । घोडाघोडी नगरपालिका वार्ड न २ को महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा देवी थापा मगर, सदस्यमा उम्मेदवारी दिएका शिवलाल चौधरी र वडा अध्यक्षका उम्मेदवारी दिएका हरिराज विष्टका विरुद्ध उजुरी परेको छ ।

पार्टीबाट जोरजबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टका विरुद्ध उजुरी दिएको निर्वाचन अधिकृत भानदेव जोशीले जानकारी दिए ।कृष्णा देवी थापा मगर स्वयंसेवीका रहेको र शिवलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जना विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।

उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए ।जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । जिल्लाका पालिकाहरूमा सोमबार अबेर रातिसम्म उम्मेदवारी दर्ताको काम सम्पन्न भएको थियो ।

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय,कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म
बैशाख १४, १९:१९
सरकारले तोकेयो गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण
बैशाख १४, १९:१९