नेपाली काँग्रेस घोडाघोडी नगरपालिका ५को वडा कार्य समितिले मनोनय फिर्ता लिन लगाए संयुक्त रुपमा राजीनामा दिने निर्णय ।

नेपाली काँग्रेस घोडाघोडी नगरपालिका ५को वडा कार्य समितिले मनोनय फिर्ता लिन लगाए संयुक्त रुपमा राजीनामा दिने निर्णय गरेको छ । बुधवार घोडाघोडी नगरपालिका वडा नं. ५ को वडा कार्य समिति सभापती लोक बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धको नाममा भएको सहमतीको भागबन्दा मिलान गर्दा वडा नं. ५ मा नेपाली काँग्रेसले पाउनु पर्ने माग गर्दै कडा आपत्ती जनाएको छ ।
गठबन्धनको सहमती अनुसार पालिकाको प्रमुखमा समाजवादी पार्टीको भागमा प्रमुख र उप प्रमुखमा नेपाली काँग्रेसको परे पनि वडामा भने जहाँ जस्ले जितेको छ । त्यहीले पाउनु पर्ने र गठबन्धनको तर्फवाट कुनै वडामा कसैले नजितेको वडामा भने नेपाली काँग्रेसले पाउनु पर्ने भन्दै घोडाघोडी नगरपालिका वडा नं. ५ मा वडा कार्य समितिले माग गरेको छ ।
बुधवार वडा सभापती लोक बहादुर चन्दको अध्यक्षतामा बसेको वडा कार्य समिति, नगर सदस्य र क्षेत्रिय प्रतिनिधिहरुको संयुक्त बैठकले वडा नं. ५ मा काँग्रेसले दर्ता गराएको मनोनय फिर्ता लिन लगाए संयुक्त रुपमा राजीनामा दिने निर्णय गरेको छ ।