अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट अकालमा ज्यान गुमाउदै नौ महिनामा नेपालीले खाए १८ लाख किलो सुर्ती

नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट अकालमा ज्यान गुमाउदै नौ महिनामा नेपालीले खाए १८ लाख किलो सुर्ती

नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो।यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ। यो डरलाग्दो तथ्याङ्क तपाईँ हाम्रासामु उपलब्ध छ।भन्सार विभागको विवरणानुसार गत चैत मसान्तसम्म नेपालीले १८ लाख सात हजार ८७१ केजी बराबराको सुर्ती तथा सुर्तीजन्य पदार्थ खपत गरेको पाइएको छ।

त्यो पनि देशभित्र उत्पादित सुर्ती तथा सुर्तीजन्य सामग्री होइन। विदेशबाट आयात गरेर गरिएको सेवनका कारण दुईवटा नोक्सानी एकैपटक भइरहेको छ।असाध्यै दुःख गरेर जम्मा गरिएको विदेशी मुद्रा सुर्ती खरिदका लागि विदेशिएको छ भने हरेक दिन नेपाली अस्वस्थ भएका छन्। क्यान्सरजन्य रोगको शिकार भएका छन्।सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ।

स्वास्थ्य क्षेत्रमा जनचेतना बढेको, सरकारले नागरिकलाई सचेत गराएको भन्नेजस्ता विवरण सार्वजनिक भएको भए पनि सुर्ती तथा सुर्तीजन्य पदार्थको आयातमा कमी आउन सकेको छैन।विभागको विवरणानुसार आयात मूल्यका आधारमा रु ५५ करोड ३४ लाख ७४ हजार बराबरको सुर्ती, सुर्तीजन्य सामग्रीको आयात गरेको देखिन्छ। सरकारको राजस्वमा योगदान हुने देखिए पनि मानव स्वास्थ्यमा असाध्यै ठूलो प्रतिकूल प्रभाव पार्ने सुर्तीजन्य सामग्रीमा झण्डै आधा अर्ब बराबरको आयात हुनुले अवस्था गम्भीर बन्दै गएको देखाउँछ।

भन्सार विभागका अनुसार दुई हजार १६० किलो जर्दा, चपाउने सुर्ती तथा सुर्ती मिसिएका सामग्री आयात भएको छ।

कैलालीमा गठबन्धनको सहमति ः ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई
बैशाख १०, १८:५३
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बेला नेपाल–भारत सीमा नाका २ दिनसम्म बन्द रहने निर्णय
बैशाख १०, १८:५३