घोडाघोडी नगरपालिकामा आजदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने,

कैलालीको घोडाघोडी नगरपालिकाभित्रका बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ। आज चैत २३ गतेदेखि नगरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब २० हजार जनालाई खोप लगाइने घोडाघोडी नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ। खोप अभियान चैत्र २७ गतेसम्म सञ्चालन हुने घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिनु भएको छ ।
खोप अभियानका लागि पालिका भित्रका सवै विद्यालयलाई केन्द्र बनाइएको र प्रत्येक विद्यालयको १ जना महिला शिक्षक तथा स्वास्थ्य संयमसेविकाहरु र तालिम प्राप्त स्वास्थ्यकर्मी खटाइने गरिने उनले बताएका छन । खोप लगाएको ठाउँमा रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल समस्या नआउने भएकाले खोप अभियानमा सरिक हुन अनुरोध गरिएको छ।