अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

स्थानीय तहको निर्वाचनका लागि मत पत्र छपाई सुरु

स्थानीय तहको निर्वाचनका लागि मत पत्र छपाई सुरु

आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम आज सोमवारदेखि सुरु भएको छ ।निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज सोमवार प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो ।

मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको प्रवक्ता शर्माले बताउनुभयो ।मतपत्रमा सबैभन्दा धरै काठमाण्डौको मतपत्र ५६ लहरको हुने र सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुने प्रवक्ता शर्माले बताउनुभयो । दुर्गममा ढुवानीको समस्या हुने र समय लाग्ने भएकाले पहिला दुर्गमको मतपत्र छापिसकेपछि मात्रै सुगम जिल्लाका लागि मतपत्र छापिने आयोगले जनाएको छ ।

आयोगले देशका विभिन्न ठाउँमा चुनावसँग सम्बन्धित विभिन्न प्रशिक्षण सम्पन्न गरेको पनि जानकारी दिएको छ ।यसैबीच निर्वाचन आयोगले विभिन्न दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने शुल्क र प्रक्रिया पनि तय गरेको छ । दलको आधिकारिक पत्रका आधारमा देशैभरका मतदाताको नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने र यसका लागि सात हजार रुपैयाँसहित निवेदन दिनुपर्नेछ । यस्तै कुनै प्रदेशका मतदाताको नामावलीका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै जिल्लामा दल वा उम्मेदवारको सिफारिसका आधारमा तीन हजार रुपैयाँ तिरेर मतदाता नामावली पाइनेछ भने कुनै पालिकाभरका मतदाताको नामावलीका लागि एक हजार र वडाका मतदाताको नामावलीका लागि पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । मतदाताको विद्युतीय प्रति मात्रै दिइने आयोगले जनाएको छ ।

भाषा संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरण कार्याशाला गोष्ठि कार्यक्रम कैलालीको जोशीपुरमा शुरु
चैत्र २१, १९:१७
घोडाघोडी नगरपालिकामा आजदेखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने,
चैत्र २१, १९:१७