अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

भाषा संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरण कार्याशाला गोष्ठि कार्यक्रम कैलालीको जोशीपुरमा शुरु

भाषा संस्कृति संरक्षणका लागि  नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरण कार्याशाला गोष्ठि कार्यक्रम कैलालीको जोशीपुरमा शुरु

भाषा संस्कृति संरक्षणका लागि पुस्तान्तरण कार्याशाला गोष्ठि कार्यक्रम कैलालीको जोशीपुरमा सोमवार देखि शुरु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ४ राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरीयामा सोमवार एक औपचारिक कार्यक्रमको विच परमपरागत भाषा संस्कृति संरक्षण पुस्तान्तरण कार्यक्रम उदघाटन गरिएको छ । शिक्षा विकास निर्देशालय दिपायलको सहयोगमा राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरीयामा शुरु भएको हो ।

जोशीपुर गाउँपालिकामा पहिलो पटक संस्कृति पुस्तान्तरण सम्बन्धी शिक्षा लागु गरिने गरि कार्यक्रमको शुरुवात गरिएको आयोजक विद्यालयले जनाएको छ । परमपरागत भाषा संस्कृति भेषभुषा, कला साहित्य चाडपर्व, खानपान , कला सिप जस्ता महत्पूर्ण पहिचान बोकेको संस्कार पछिल्लो समयमा संकटमा पर्नुका साथै हराउदै गै रहेकोले त्यसको संरक्षण एवं प्रवद्र्धनको लागि नयाँ पुस्तालाई विद्यालयमा लागु गरी शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त पुस्तान्तरण कार्यक्रम गरिएको आयोजक राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाका प्रधानाध्यापक लिलाराम ओलीले जानकारी दिनु भएको छ ।

जोशीपुर गाउँपालिकामा कैलाली जिल्ला भरीकै पालिका मध्ये जोशीपुर गाउँपालिका संस्कृति पुस्तान्तरण शिक्षा कार्यक्रम जस्तो एक ऐतिहासीक र महत्वपूर्ण शिक्षा कार्यक्रम लागु गर्न सफल भएको प्रधानाध्यापक ओली बताउनु भएको छ ।संस्कृति पुस्तान्त्रण उदघाटन कायक्रमको सभापति राष्ट्रिय माध्यमिक, डहरवेरियाका विद्यालय व्यवस्थापनका अध्यक्ष सुन्दर कुश्मीको अध्यक्षतामा भएको कार्यक्रममा जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने गाउँपालिका उपाध्यक्ष गीता कठरिया , जोशीपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लखन लाल चौधरी र शिक्षा शाखा प्रमुख संग्राम सिंह धामी लगायतका रहनु भएको थियो । यस्तै उदघाटन शत्रमा विभिन्न विद्यालयका शिक्षक, समाजसेवी, शिक्षा प्रेमी लगायतका व्यक्तिहरुको उपस्तिथी रहेका थियो । कार्यक्रमको संचालन शिक्षक बिक्रम चौधरी संचालन गर्नु भएको थियो ।

संस्कृति पुस्तान्तरण कार्यक्रममा विषयगत विज्ञहरु मार्फत योजना तयारी गरि लागु गरिने बताइएको छ ।उक्त योजना निर्माणमा आर्थिक एवं सामाजिक विशेषज्ञ डा. राम बहादुर चौधरी, कार्यक्रममा रघुनाथ उच्च माध्यमिक विद्यालयका प्रधानाध्यपक गज बहादुर बम,गज बहादुर बम,अमर नाथ झा लगायतका विज्ञहरुले योजना निर्माण कार्यमा सहजिकरण गरि राख्नु भएको छ ।

चैत्र २१ गते देखि २५ गते सम्म विद्यालयमा योजना निर्माण कार्यशाखा गोष्ठी संचालन गरि नयाँ पुस्ताहरुलाई संस्कृति पुस्तान्तरण शिक्षा लागु गरि संस्कृति संरक्षण वारे ज्ञान प्रदान गरिने आयोजक विद्यालयले जनाएको छ ।

भाषा संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरण कार्याशाला गोष्ठि कार्यक्रम कैलालीको जोशीपुरमा शुरु
चैत्र २१, १५:२५
स्थानीय तहको निर्वाचनका लागि मत पत्र छपाई सुरु
चैत्र २१, १५:२५