अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि चक्काजाम

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि चक्काजाम

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि चक्काजाम गरिएको छ। सोमबार जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करले दिँदा मन्जु बुडालको ज्यान गएको थियो। साईकलमा सवार उनको घटनास्थलमै मृत्युपछि स्थानीयले चक्काजाम गरेका छन्। उनीहरुले सडकमा टायर समेत जलाइरहेका छन्।

चक्काजाम गरिएपछि यातायात सेवा प्रभावित बनेको छ। यता, प्रहरीले सडक खुलाउन प्रयासमा लागिरहेको जनाएको छ।

ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन्। 

घोडाघोडी मन्दिरको घण्टी चोरेर बेच्न खोज्ने दुई जना पक्राउ
चैत्र २१, १५:०७
भाषा संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई संस्कृति पुस्तान्तरण कार्याशाला गोष्ठि कार्यक्रम कैलालीको जोशीपुरमा शुरु
चैत्र २१, १५:०७