अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडीमा स्थानिय निर्वाचनमा गठबन्धन नगर्ने नेपाली काँग्रेसका नगरसभापती बम बहादुर सिंहको उदघोष

कैलालीको घोडाघोडीमा स्थानिय निर्वाचनमा गठबन्धन नगर्ने नेपाली काँग्रेसका नगरसभापती बम बहादुर सिंहको उदघोष

घोडाघोडीमा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धन नगर्ने नेपाली काँग्रेसका नगरसभापती बम बहादुर सिंहले बताएका छन । आज अर्थात शनिवार रेडियो मनको मझेरीमा कुराकानी गर्दै आउदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा घोडाघोडी नगरपालिकामा नेपाली काँग्रेसले एक्लै निर्वाचन लड्न सक्षम रहेको बताउनु भएको छ ।

अहिले घोडाघोडी नगरपालिकामा नेपाली काँग्रेसको विकल्प नभएको जनताको माग रहेको समेत सिंहले दानी गर्नु भएको छ । कम्निष्ट सरकारले पाँच वर्षमा घोडाघोडी नगरपालिकामा जनताको जन चाहना अनुसार कुनै राम्रा काम गर्न नसकेकोले अहिले फेरी नगरपालिकामा सरकारको रुपमा नेपाली काँग्रेस पार्टी अहिलेको आवश्यकता जनताले ठानेको समेत उहाँले बताउनु भएको छ ।

त्यसै कारण घोडाघोडी नगरपालिकामा नेपाली काँग्रेसलाई जनताको राम्रो सहयोग मिल्ने सभापति सिंहले बताउनु भएको छ ।

अत्तरियामा अवरुद्ध पारिएको यातायात खुल्यो
चैत्र १९, १९:२५
अत्तरियास्थित पद्मा अस्पताल तोडफोड ७० लाखको क्षति
चैत्र १९, १९:२५