कैलालीमा चैते धान खेती शुरु उत्पादन राम्रो हुने भए पछि किसानको आकर्षण बढदै

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला प्रदेशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला हो । पछिल्ला केहीबर्ष यता चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा एक हजारबढी हेक्टर क्षेत्रफलमा चैते धानको खेतीहुने गरेकोमा पाँचहजार मेट्रिकटन बढि धान उत्पादन हुदैआएको छ ।गतभदौ, असोजमा आएको वेमौसमी वर्षाका कारण किसानले लगाएको अधिकांश धानबाली नष्ट ग¥यो ।
धेरै किसानले वर्षे धानभित्र्याउन पाएनन । वर्षाबाट डराएका किसानहरु विस्तारै चैते धानतिर लागेका छन् । रोगको समस्यापनि कम हुने, बाढीबाट पनि बचिने र उत्पादन धेरै हुने भएकाले चैते धान प्रति किसानहरुको आकर्षण बढेको हो ।यतिबेला कैलालीको भजनी क्षेत्रका किसानहरुलाई चैते धान रोपाईको चटारो छ । कैलालीको पूर्वीदक्षिणमा पर्ने भजनी क्षेत्रमा चैते धानको उत्पादन बढीहुने गरेको छ । डुबानको समस्याबाट पनि जोगिने भएका कारण किसानहरु चैते धानतिर आकर्षित बन्दै गएको हो ।
“चैतमा लगाएको धान अषाढमा पाक्छ । अषाढमा पुनः यहाँका किसानले बर्षेधान रोप्ने गरेकाछन् । वर्षेनी तीनबाली फलाउने, यहाँका किसानले जिल्लाको कुलधान रोपाइँहुने क्षेत्रफलमध्ये एक हजार बढी हेक्टर क्षेत्रफलमा चैते धानको खेतीगर्ने गरेका छन् । उत्पादन राम्रो हुने, मूल्यपनि राम्रो पाइने भएकाले यहाँका किसानले चैते धान लगाउने गरेको भजनीका किसान कृष्णगोपाल चौधरी बताउन्छन् ।”