अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सरकारले चैत्र २५ गते देखि टाइफाइड खोप अभियान संचालन गर्ने घोडाघोडीमा २४ हजार बालबालिलाई खोप लगाउने लक्ष्य

सरकारले चैत्र २५ गते देखि टाइफाइड खोप अभियान संचालन गर्ने घोडाघोडीमा २४ हजार बालबालिलाई खोप लगाउने लक्ष्य

सरकारले चैत्र २५ गते देखी वैशाख १८ गते सम्म देशव्यापी रूपमा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । सो रोगबाट आउन सक्ने जटिलतालाई न्यूनीकरण गर्न सरकारले १५ महिना देखी १५ वर्ष सम्मका बालबालिकाका लागि अभियान सुरु गर्न थालेको हो ।अभियान अन्तर्गत घोडाघोडी नगरपालिकाका २४ हजार ४ सय १० सहित कैलालीका २ लाख बालबालिका सो खोपबाट प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

नगर भित्रका बालबालिकाहरूलाई पूर्ण खोपमा सहभागी गराउन शुक्रवार सरोकारवालाहरू सँगको अन्तरक्रिया कार्यक्रम मार्फत सूचना प्रवाह गरिएको छ । पहिलो चरणमा अभियान मार्फत बालबालिकालाई खोपमा सहभागी गराउने र तत्पश्चात् मासिक खोपको रूपमा अघि बढाउने सरकारको तयारी छ ।नेपालको सन्दर्भमा टाइफाइड रोग वयस्क भन्दा बालबालिकाहरूमा ११ गुणा बढी सङ्क्रमणको जोखिम हुने भएकाले पहिलो चरणमा १५ वर्ष मुनिका नागरिकलाई सो खोप लगाउन थालिएको भन्दै घोडाघोडी कोभिड अस्थायी अस्पतालका डाक्टर टेकराज भट्टराईले सो खोपलाई विश्व स्वास्थ्य सङ्गठनले सन २०१७ देखी नै प्रयोग अनुमति दिएको र ९६.९५ प्रतिशत प्रभावकारी रहेको जानकारी दिए ।

यो खतरनाक सरुवा रोग भएकाले पनि सबै सचेत बन्न तथा बालबालिकाहरूलाई खोप अभियानमा सहभागी गराउन उनले आग्रह समेत गरेका छन् ।सरकारले देशभर चैत्र २५ गतेबाट अभियान सुरु गर्ने बताए पनि घोडाघोडीमा भने चैत्र २३ गते देखी नै अभियान थाल्ने र ८० प्रतिशत खोप विद्यालय स्तरमा सञ्चालन गरिने घोडाघोडी नगर स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह
चैत्र १८, १८:१२
विप्लव निकट अखिल(क्रान्तिकारी)द्धारा विभिन्न माग राख्दै राष्ट्रिय माविमा तालाबन्दी
चैत्र १८, १८:१२