जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो।स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको जनाएको छ।
प्रशासनले बुधवार एक सूचना जारी गर्दै घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने गरी बुझाउन भनिएको हो।प्रशासनले चैत मसान्तभित्र नजिकको प्रहरी इकाईमा हातहतियार बुझाउन अनुरोध गरेको छ।