अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडीमा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मृत फेला

कैलालीको घोडाघोडीमा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मृत फेला

कैलालीमा पासोमा परेर चितुवा मरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा फेला परेको हो। चितुवा बिहीबार विहान पासोमा परेको र उद्धार टोलीले काम गर्न नपाउदै मरेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले जानकारी दिनु भएको छ ।

‘बर्दिया राष्ट्रिय निकुञ्जबाट टोली पुग्नासाथ उद्धारको काम गर्न नपाउदै चितुवा मरेको हो,’ रिजालले भने, ‘मरेको चितुवालाई डिभिजन वन कार्यलय पहलमानपुर लगिएको र मुचुल्का उठाएर सुरक्षित स्थानमा गाडीएको बताइएको छ । पासो कसले हाल्यो भन्नेबारे अनुसन्धान भइरहेको डिभिजन कार्यालय पहलमानपुरका प्रमुख रिजालले जानकारी दिए।उक्त वन क्षेत्रमा पटक पटक अज्ञात समूहले थापेको पासोमा वन्यजन्तु पर्ने गरेका छन्।

दुई वर्ष अगाडि घोडाघोडी नगरपालिका वडा नम्बर ३ नारायणपुर थाह्रा र मौहन्याल सामुदायिक वनको बीचमा अज्ञात समूहले हालेको पासोमा चितुवा मरेको थियो।

४ हजार सैन्य जवानका लागि खुल्यो भर्ति
चैत्र १७, १८:२३
जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह
चैत्र १७, १८:२३